बंगलादेशविरुद्ध नेपालको अग्रता, डेब्यूमै सविता र प्रीतिले गरे गोल

बंगलादेशविरुद्ध नेपालको अग्रता, डेब्यूमै सविता र प्रीतिले गरे गोल

२४ भदाै, काठमाडौं ।

फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा अग्रता लिएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् । २३औं मिनेटमा अर्का सब्सिच्युट मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।

राष्ट्रिय टोलीले फिफा क्यालेन्डरमा पहिलोपल्ट दशरथ रंगशालामा खेल्ने अवसर पाउदा सविता र प्रीतिले पहिलो रोजाईमा खेल्दै सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.