२४ भदाै, सुनसरी ।
सुनसरी इटहरी उपमहानगरपालिका-१७ बडहरा की ५०बर्षीया लता कुमारी श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे आफ्नै घर आगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट लाग्दा उनी घाईते भएकी थिइन् ।
उनको उपचारको लागी बिराट टिचिङ हस्पिटल लाने क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएकाे छ । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको जनाइएकाे छ।