विराटनगर, असार ३०
पाँचथरको हिलिहाङ गाउँपालिकाबाट प्रहरीले ११ किलो सालकको खपेटासहित शुक्रबार बिहान एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मेची राजमार्गमा इलाका प्रहरी कार्यालय अमरपुर पाँचथरबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा मे १ ज १४३९ नम्बरको बोलेरो गाडीमा सवार रहेका हिलिहाङ गाउँपालिका ३ बस्ने ५३ बर्षिय फुपुठिले शेर्पालाई ११ केजी सालकको खपेटा, चाँदिको गर–गहना र नगद बाह्र हजारसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका शेर्पालाई आवश्यक अनुसन्धान पश्चात कार्बाहीकालागि जिल्ला वन कार्यालय पाँचथरमा बुझाईएको प्रहरीले जनाएको छ ।