एमसीसीकी उपाध्यक्षसँग उपयोगी छलफल भयाे: बाबुराम भट्टराई

एमसीसीकी उपाध्यक्षसँग उपयोगी छलफल भयाे: बाबुराम भट्टराई

२४ भदाै, काठमाडौं।

एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेकी छिन् ।

बिहीबार मात्रै नेपाल आईपुगेकी सुमारले साेही दिन जसपाका नेताहरुसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताबारे जानकारी गराउँदै डा. भट्टराईले छलफल उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्-“नेपाल भ्रमणमा रहेका MCC का उपाध्यक्ष र सहायक उपाध्यक्षसंग उपयोगी छलफल! प्रमुख दलहरूवीच सहमति गरेर आवस्यक निर्णय गरिने जानकारी !”

नेपालको चार दिने भ्रमणमा रहेकी सुमारले बिहीबार अपरान्ह २ बजे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग र साँझमा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेकी थिईन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.