एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

२५ भदाै, काठमाडौं ।

नेकपा एमालेले आज स्थायी कमिटी बैठक बोलाएको छ ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुने उनले बताए । यही असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.