विराटनगर, असार ३०
धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ परेवादिनमा शुक्रबार एक बृद्धाको कुटपिटबाट मृत्यु भएको छ ।
घरमा कोही पनि नभएको समयमा बिहान अन्दाजी १० बजे ६० बर्षिय नरमाया लिम्वुलाई सोही ठाउँ बस्ने १९ बर्षिय रोहित लिम्वु र १६ बर्षिय शुक्रराज लिम्वुले कुटपिट गरी बृद्धाको साथमा भएको डेढ तोला सुनको गहना लुटेर भागेका थिए ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न दुबै जनालाई गहनासहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
कुटपिटबाट गम्भीर घाईते बृद्धालाई उपचारकालागी धरानस्थित विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा बेलुका पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।