मेस्सीले तोडे पेलेको कीर्तिमान

मेस्सीले तोडे पेलेको कीर्तिमान

२५ भदाै, एजेन्सी ।

अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेको कीर्तिमान तोडेका छन् । शुक्रबार दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्धको खेलमा ह्याट्रिक पुरा गर्दै मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका हुन् ।

यसअघि दक्षिण अमेरिकामा ८० वर्षीय पेलेको नाममा ९२ खेलमा ७७ गोलको कीर्तिमान रहेको थियो । ६ पटकको बालोन डि ओर विजेता मेस्सीले १५३ खेलमा ७९ गोल गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् ।

उनले यसअघि गत डिसेम्वरमा एकै क्लबाट सर्वाधिक गोल गर्ने पेलेकै कीतिमान तोडेका थिए । पेलेले ब्राजिली क्लब सान्तोषका लागि ६४३ गोलको सर्वाधिक कीर्तिमान राख्दा मेस्सीले क्याटलान क्लब बार्सिलोनाबाट सर्वाधिक ६७२ गोल गरेका छन् ।

मेस्सीले बोलिभियाविरुद्धको खेलको १४औं मिनेटमा गोल गर्दै पेलेको कीर्तिमानलाई बराबरी गरेका थिए । ६५औं मिनेटमा मेस्सीले अर्काे गोल थप्दै पेलेको सर्वाधिक गोलको कीर्तिमान तोडेका हुन् । उनले ८९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि राष्ट्रिय टोलीबाट ७९ गोल गर्दै जाम्वियाका गुडफ्रे चितालुको ७९ गोललाई बराबरी गर्न सफल भए ।

३४ वर्षीय मेस्सी विश्व फुटबलमा सर्वाधिक गोलकर्ताको सुचीमा छैटौ स्थानमा समेत उक्लिन सफल भएको छ । विश्व फुटबलमा १११ गोलसहित पोर्चुगिज क्रिस्टियानो रोनाल्डो शीर्षस्थानमा रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.