कुलमानविरुद्धको मुद्दाकाे सुनुवाइ स्थगित

कुलमानविरुद्धको मुद्दाकाे सुनुवाइ स्थगित

२५ भदाै, काठमाडौं।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दाको सनुवाइ सरेको छ।

प्राधिकरणमा घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि सुनुवाइका लागि शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा पेसी तोकिएको थियो। राणाको इजलासमा आज उक्त रिट तेस्रो नम्बरमा रहेको थियो। निवेदकको मागका आधारमा आइतबारको सुनुवाइ सरेको हो।

यही मुद्दामा यसअघि पनि राणाकै इजलासले प्रारम्भिक सुनुवाइ गरेको थियो। ८ भदौमा राणकाको एकल इजलासले घिसिङलाई कामकाजमा रोक लगाउने गरि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । इजलासले कुलमानलाई नियुक्ति गर्दाको मिसिल झिकाउने आदेश गरेको थियो। त्यस्तै शाक्यलाई विद्युत विकास निगममा लैजान गरिएको निर्णयको प्रति पनि झिकाउने आदेश गरेको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.