राष्ट्रिय सुरक्षा परिषद्को बैठक: सुरक्षा अवस्थाबारे विश्लेषण

राष्ट्रिय सुरक्षा परिषद्को बैठक: सुरक्षा अवस्थाबारे विश्लेषण

२५ भदाै, काठमाडौँ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उक्त बैठकमा मुलुकको समसामयिक परिस्थितिलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समग्र सुरक्षा अवस्थाबारे समीक्षा भएको थियो ।

गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव वेगेन्द्रराज शर्मालगायत उपस्थित रहेको उक्त बैठकमा सीमा सुरक्षा, एमसीसीलगायत समग्र सुरक्षासँग सम्बन्धित विषयका बारेमा समीक्षा भएको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.