अवरुद्ध अरनिको राजमार्गको लिपिङ खण्ड सञ्चालनमा

अवरुद्ध अरनिको राजमार्गको लिपिङ खण्ड सञ्चालनमा

२५ भदाै, चौतारा।

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित लिपिङपुल नजिक भास्सिएर विगत तीन महिनादेखि अवरुद्ध सडक आजबाट सञ्चानमा आएको छ ।

अविरल वर्षाले गत असार २ गतेदेखि भास्सिएको सडक मर्मत गरेपछि आज बिहानदेखि सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनियर गोविन्द डुमरीले जानकारी दिए ।

नेपाल र चीनसँगको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको तातोपानीको उक्त सडकखण्ड लामो समयदेखि अवरुद्ध भएपछि चीनबाट सामान आयात गर्न पनि सकिएको थिएन भने राजस्व सङ्कलनमा पनि असर परेको थियो ।

सीमापुलबाट दुई किलोमिटर तल रहेको उक्त पुल जोखिममा पर्नुका साथै करिब २५ मिटर सडक भास्सिएपछि भरियाद्वारा ढुवानी गराउँदा महँगो पर्ने हुँदा लाखौं मूल्यका स्याउ कुहिएका व्यवसायीले गुनासो गरेका छन् ।

उक्त सडकको कोदारीमा पनि असार ५ गतेको बाढी पहिरालेक्षति पुगेको थियो । त्यहाँ केही दिनअधि मात्र यातायात सञ्चालनमा आएको थियो । सडक सञ्चालनमा आएसँगै दशैँका लागि सामान झिकाउन सहज भएको भन्दैस्थानीय र व्यापारीले खुसी व्यक्त गरेका छन् ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.