एमाले स्थायी कमिटी बैठक स्थगित

एमाले स्थायी कमिटी बैठक स्थगित

२५ भदौ, काठमडौं ।

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रतिनिधिसभा बैठक चलिरहेकाले बैठक स्थगित भएकाे केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठक दिउँसो चार बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको थियो । तर बैठक शनिबार बिहान ९ बजे बस्नेगरी स्थगित गरिएको हाे ।

एमालेले ४–६ असोजमा बोलाइएको विधान महाधिवेशनको तयारी गर्न स्थायी कमिटी बैठक बोलाइएको हाे । स्थायी कमिटी बैठक पछि २७ भदौमा केन्द्रीय कमिटी बैठक बस्दैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.