एमसीसी उपाध्यक्ष र ऊर्जामन्त्री भुसालबीच भेटवार्ता

एमसीसी उपाध्यक्ष र ऊर्जामन्त्री भुसालबीच भेटवार्ता

२५ भदाै, काठमाडाैँ ।

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । एमसीसी उपाध्यक्ष फातिमाले शुक्रबार सिंहदरबारमा पुगेर मन्त्री भुसालसँग भेट गरेकी हुन् ।

भेटमा एमसीसी सम्झौंता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गरेकी थिइन् भने मन्त्री भुसालले दलहरुबीचको सहमतिको आधारमा सो सम्झौंतालाई अघि बढाउने धारणा राखेको उनको सचिवालयले जनाएको छ ।

भेटमा उनीहरुबीच नेपालको जल विद्युत तथा सडक पूर्वाधारको निर्माणका लागि दिइने सो अमेरिकी अनुदान सहायता कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.