२५ भदाै, काठमाडौं ।
युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कप्तान ज्ञानेन्द्र मल्लले पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा नयाँ कीर्तिमानी साझेदारी गरेका छन् । उनीहरुले पीएनजीविरुद्ध ८९ रनको साभेदारी गरे।
नेपाली ओडिआई इतिहासमा यो कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि ओडिआईमा नेपालबाट सर्वाधिक ठूलो साझेदारी छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले गत वर्ष अमेरिकाविरुद्ध ८४ रनको गरेका थिए ।
कप्तान मल्ल ४५ रन बनाएर बाहिरिएका छन्। पपुवा न्यू गिनीका चाड सोपरले मल्ललाई एलबीडब्लू धरापमा पारेर उक्त साझेदारी तोडेका थिए।
शुक्रबार अल अमरेत क्रिकेट मैदान ओमानमा जारी खेलमा तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गर्ने क्रममा मल्लले दुई छक्का र तीन चौका प्रहार गरे भने रोहित पौडेलले दुई छक्का र एक चौका प्रहार गरे।
रोहित कुमार पौडेलले भने अहिले अर्धशतक बनाएर खेलिरहेका छन् । उनीसँग विनोद भण्डारी क्रिजमा छन् ।