पिएनजीविरुद्ध रोहित पौडेलको अर्धशतक

पिएनजीविरुद्ध रोहित पौडेलको अर्धशतक

२५ भदाै, काठमाडौँ ।

रोहितकुमार पौडेलले पपुवा न्यू गिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा अर्धशतक पूरा गरेका छन्। पौडेलले ७९ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले दुई छक्का र एक चौका प्रहार गरका छन्। उनी ३७ रनमा ‘ड्रप’ भएका थिए।

पौडेलको यो दोस्रो अर्धशतक हो। उनले यूएईविरुद्ध पनि अर्धशतक बनाएका थिए। नेपालबाट ओडीआईमा दुई अर्धशतक हान्ने ज्ञानेन्द्र मल्ल मात्र थिए। पूर्वकप्तान पारस खड्काले भने एक शतक र एक अर्धशतक बनाएका थिए।

खराब सुरुवात गरेको नेपाललाई सम्हाल्नेक्रममा रोहित ८० बलमा १ चौका र २ छक्का सहित ५१ रनमा खेलिरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.