कांग्रेसको महाधिवेशन कार्यतालिका परिमार्जन, प्रदेश र केन्द्रीय महाधिवेश भने पुरानै मितिमा

कांग्रेसको महाधिवेशन कार्यतालिका परिमार्जन, प्रदेश र केन्द्रीय महाधिवेश भने पुरानै मितिमा

२५ भदौ काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गरिएको छ ।

वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशनको मिति परिमार्जन गरिएको निर्वाचन समिति संयोजक महादेव यादवले बताए  । संशोधित कार्यतालिका अनुसार अधिवेशन हुन बाँकी २० जिल्लामा ५ असोजमा वडा अधिवेशन हुनेछ ।

पालिका अधिवेशन ९ असोज, प्रदेश सभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोज र एकभन्दा बढि प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अविधेशन १८ असोजमा गर्ने संशोधित कार्यतालिकामा उल्लेख छ ।

१८ भदौबाट कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु भइसकेको छ । ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ  । बाँकी २० जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन ।

कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने केन्द्रीय महाधिवेशनको समयतालिका भने यथावत् रहेको जनाइएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.