२५ भदौ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर फातिमाले प्रधानमन्त्री देउवसाँ भेट गरेकी हुन् ।
भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल-अमेरिका सहयोगबारे छलफल भएको प्रधामन्त्री देउवाले बताएका छन् ।
