२५ भदाै, काठमाडाैँ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई पूर्णता चाडैँ दिने बताएका छन् । शुक्रबारको संसद बैठकपछि सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदैँ यादवले मन्त्रालय भागबन्डाको कुरा पनि मिलिनसकेको बताए ।
एमसीसीलाई राष्ट्रिय सहमतीको आधारमा मुलुकको हित अनुकुल अगाडी बढाउनुपर्ने उनको भनाई छ । उनले भने– ‘अब चाडैँ नै यसलाई पुर्णता दिने तयारीमा हामी लागेका छौँ । मन्त्रालयको भागबन्डा पनि मिलाउन बाँकी नै छ । एमसीसीलाई राष्ट्रिय सहमतीको आधारमा त्यस विषयमा निर्णय गर्नुपर्छ । र मुलुकको हित अनुकुल अगाडी बढाउनुपर्छ ।’
अध्यक्ष यादवले प्रतिस्थापन विधेयकको आवश्यकता भएकै कारण ल्याइएको बताए।