सन्दीपले बनाए विश्व कीर्तिमान

सन्दीपले बनाए विश्व कीर्तिमान

२६ भदाै, काठमाडौं ।

नेपाली क्रिकेट टोलीका युवा लेगस्पिनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा विश्व कीर्तिमान बराबरी गरेका छन् । शुक्रबार भएकाे पपुवा न्युगिनीसँगकाे खेलमा ६ विकेट लिएसँगै सन्दीपले उक्त कीर्तिमान बनाएका हुन् ।

सन्दीपले पाकिस्तानका चर्चित तीव्र गतिका बलर वाकर युनिस, शाहिन शाह अफ्रिदी, अष्ट्रेलिया स्टार स्पिनर शेन वार्न र भारतका मोहम्मद शामी जस्ता बलरको कीर्तिमान बराबर गरेका छन् । उनले ओडिआईमा लगातार तीन इनिङमा चार वा सोभन्दा बढी विकेट लिने विश्व कीर्तिमान बराबरी गरेका हुन् ।

शुक्रबार सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिँदै आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपकै उत्कृष्ट बलिङमा जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पिएनजी १९.१ ओभरमा ८२ रनमा अल आउट भएको थियो ।

नेपालले पिएनजीलाई १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गर्दै कीर्तिमान कायम गरेको छ । जुन ओडिआईमा नेपालको सर्वाधिक ठूलो जित हो । यसअघि ओडिआईमा नेपालको ठूलो जित सन् २०१९ मा युएईविरुद्ध १ सय ४५ रनको अन्तर थियो ।

ओडिआईमा लगातार चारभन्दा विकेट लिने कीर्तिमान लगातार तीन इनिङ छ । सन्दीपसँगै ओडिआईमा लगातार तीन इनिङमा चारभन्दा बढी विकेट लिने पाकिस्तानका तीव्र गतिका बलर वाकर युनिस, अब्दुल रजाक, शाहिद अफ्रिदी, शाहिन शाह अफ्रिदी, भारतका स्पिनर नरेन्द्र हिरवानी, मोहम्मद शामी, अष्ट्रेलिया स्पिनर शेन वार्न, वेस्टइन्डिजका तीव्र गतिका बलर वासबर्ट ड्रेक्स, क्यानडा खुर्रम चौहान र न्युजिल्यान्डका म्याट हेनरीले लिएका छन् ।

सन्दीपले २०२० को फेब्रअरीमा अमेरिकाविरुद्ध ६ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ६ विकेट लिएका थिए । पिएनजीसँगको पहिलो खेलमा सन्दीपले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिएका थिए । पिएनजीविरुद्ध सन्दीपको करिअरकै सर्वोत्कृष्ट प्रदर्शन हो । सन्दीप नेपालबाट ओडिआईमा दुई पटक पाँचमाथि विकेट लिने पहिलो बलर बनेका छन् । सोमपाल कामी नेपालबाट ओडिआईमा ५ विकेट लिने पहिलो खेलाडी हुन् । नेपालबाट ओडिआईमा एकै खेलमा पाँच विकेट लिने सोमपाल र सन्दीप मात्रै हुन् ।

सन्दीप ओडिआई क्रिकेटको लगातार तीन खेलमा सर्वाधिक धेरै विकेट लिने खेलाडी पनि हुन् । सन्दीपले तीन खेलमा १६ विकेट लिएका छन् । तीन खेलमा लगातार सर्वाधिक विकेट सन्दीपपछि पाकिस्तानका पूर्व तीव्र गतिका बलर वकार युनिस र वर्तमान टोलीका स्टार बलर शाहिन शाह अफ्रिदीले १५–१५ विकेट लिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.