जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा, यी हुन् सम्भावित नाम

जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा, यी हुन् सम्भावित नाम

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका छन् ।

अध्यक्ष यादवनिकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिमण्डल बिस्तार गरे पहिलो चरणमा दुईजनाको मात्रै नाम दिने सोच उनले बताएका छन् ।

दोस्रो चरणमा चारजनाको नाम दिने भएका छन् । देउवाले एकै चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने भए भने एकैपटक ६ जनाको नाम दिने तयारी भएको स्रोतले बतायो ।

पहिलो चरणमा विवाद नहुने गरी दुई नेताको नाम सिफारिस गर्ने तयारी भएको यादवनिकट स्रोतले बतायो । स्रोतका अनुसार यादवले पहिलो चरणमा महेन्द्र यादव र राजेन्द्र श्रेष्ठको नाम सिफारिस गर्ने सम्भावना छ ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.