२६ भदाै, काठमाडाैँ ।
नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रुक्म शमशेर राणाको निधन भएको छ । उनले ८५ वर्षको उमेरमा शुक्रबार राति ९ः४५ बजे निधन भएको हाे।
नेपाल ओलम्पिक कमिटी स्रोतले उनको पारिवारलाई उदृत गर्दै निधनको पुष्टि गरेको छ । पछिल्लो समय उनको स्वास्थ्य स्थितिमा विविध समस्या देखिएको थियो । उपचारका क्रममा राणाको हिजोमात्रै डायलाइसिस भएको थियाे ।
राणा नेपाली काँग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरका छोरा हुन् । सुवर्ण शम्शेर निर्वासनमा रहेका बेला सन् १९३६ मा कोलकातामा राणाको जन्म भएकी थियो । राणाले कोलकाताबाटै इतिहासबारे स्नातकोत्तर गरेका थिए ।
उनले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव, नेपाल ओलम्पिक कमिटीको अध्यक्ष र भारतका लागि नेपाली राजदूतका रूपमा पनि जिम्मेवारी निभाइसकेका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ ।