एमाले स्थायी कमिटी बैठक ३ बजे फेरि बस्ने, विधान महाधिवेशन प्रतिनिधि टुंग्याइँदै

एमाले स्थायी कमिटी बैठक ३ बजे फेरि बस्ने, विधान महाधिवेशन प्रतिनिधि टुंग्याइँदै

२६ भदौ, काठमाडौं ।

विधान महाधिवेशनका प्रतिनिधि छनौटमा थप छलफल गर्नु पर्ने भएपछि नेकपा एमालेको स्थायी कमिटी बैठक आजै फेरि बस्ने गरि स्थगित भएको छ ।

बैठकमा विधान महाधिवेशनमा करिब ३ हजार जना प्रतिनिधि सहभागी गराउने विषयमा छलफल भएको एमाले प्रचार विभाग प्रमुख योगश भट्टराईले जानकारी दिए। तर को को सहभागी हुने भन्ने विषय टुंगिएको छैन । त्यसका लागि शनिबार दिउँसो ३ बजे पुन बैठक बोलाइएको छ ।

उनका अनुसार विधान महाअधिवेशनमा हालको केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी गराउने प्रस्ताव आएको छ ।

एमालेमा विगतमा विधान महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरु सहभागी हुन्थे । तर नवौं महाधिवेशन पछि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य चुनिएका छैनन् । त्यसैले अन्तरिम व्यवस्था गरेर विधान महाधिवेशनको प्रतिनिधि टुंगो लगाउन लागिएकाे हाे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.