मलेसियामा ज्यान गुमाएका ६ नेपालीकाे शव र ११ को अस्तु ल्याइयो

मलेसियामा ज्यान गुमाएका ६ नेपालीकाे शव र ११ को अस्तु ल्याइयो

२६ भदौ, काठमाडौं।

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर ज्यान गुमाएका ६ जनाको शव र ११ जनाको अस्तु नेपाल ल्याइएको छ । विभिन्न समयमा मलेसियामा मृत्यु भएकाहरूको शवसँगै अस्तु वैदेशिक रोजगार विभागको समन्वयमा शनिबार नेपाल ल्याइएकाे हाे ।

विभागका अनुसार नेपाल एयरलाइन्सको आर ए ४१६ फ्लाइटमा मृतकको शरीर तथा अस्तु नेपाल ल्याएको हाे। नेपाल ल्याइएका अस्तुहरूमध्ये १० जनाको कोभिडका कारण निधन भएर मलेसियामै अन्त्येष्टि गरिएको थियो ।

मृत्यु भएर नेपाल ल्याइएका ६ वटा शव इटहरी, सप्तरी, बैतडी, भोजपुर, मोरङ र रोल्पा जिल्लाबाट वैदेशिक रोजगारीमा गएकाहरूको रहेको विभागले जनाएको छ ।

त्यस्तै, मलेसियामै अन्त्येष्टी गरिएका मोरङका दुई जना, महोत्तरी, दैलेख, पाल्पा, सर्लाही, ताप्लेजुङ, काठमाडौं, रामेछाप र कास्कीका एक÷एक जनाकाे  अस्तु ल्याइएकाे बोर्डको सचिवालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.