वेष्टइन्डिजका हेमराजले विराटनगरबाट ईपीएल खेल्ने

वेष्टइन्डिजका हेमराजले विराटनगरबाट ईपीएल खेल्ने

२७ भदौ, काठमाडौं ।

वेस्ट इन्डिजका हेमराज चन्द्रपलले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । ब्याट्सम्यान हेमराजले विराटनगर वारिवर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन् ।

विराटनगरले शनिबार हेमराजलाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ । हेमराजले वेस्ट इन्डिजका लागि ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् ।

विराटनगरले यसअघि जिम्बावेका अलराउण्डर सिकन्दर राजा र क्यानडाका रायन पठानलाई अनुबन्ध गरेको थियो । चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टीयू क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.