२७ भदौ, काठमाडौं ।
नेकपा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई संसद अवरोध जारी राख्न निर्देशन दिएका छन् ।
आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले वेल घेर्न र नारा लगाउने काम नै प्रभावकारी हुने हुँदा चर्का नारा लगाउन निर्देशन दिएका हुन् ।
‘मर्यादा पालना गरौँ । सभामुख आक्रामक भए चर्को नारा लगाउँदा हुन्छ । नारा लगाउनेभन्दा बाहिर जानुहुँदैन ।’ ओलीको भनाई उदृत गर्दै एक नेताले भने ।
उनले शुक्रबार केही सांसदले सभामुखलाई माइकले हान्ने योजना रहेको भनेर बोलेको सुनेको भन्दै त्यस्तो योजना नभएको दावी गरे ।
एमाले विभाजन गर्न सभामुख अग्निप्रसाद सापकोटाको षड्यन्त्रपूर्वक संलग्नता देखिएको ओलीको आरोप छ । ‘नेकपा एमाले विभाजन गराउने कुरामा सभामुखको षड्यन्त्रपूर्वक संलग्नता देखियो । कानुनविपरीत संलग्नता देखियो ।’ ओलीले भने ।