२७ भदौ, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार पनि संसद् अवरोध गरेको छ।
एमालेले यसअघि भदौ २३ र २५ गतेको बैठकमा पनि अवरोध गरेको थियो। सभामुख अग्नि सापकोटा एमाले विभाजनको मतियार बनेको भन्दै एमालेले विरोध गर्दै आएको छ।
आइतबार नै बसेको संसदीय दलको बैठकमा दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले अवरोध जारी राख्ने बताएका थिए। उनले आफ्ना सांसदहरूलाई मर्यादित भएर संसद् अवरोध गर्न निर्देशन दिएका थिए।