भीम रावलले भने – यस्तै हो भने पार्टीमा बस्न सकिदैँन

भीम रावलले भने – यस्तै हो भने पार्टीमा बस्न सकिदैँन

२८ भदौ, काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू निकट नेताहरुलाई पार्टीमा १० बुँदे सहमति कार्यान्वयनमा नेतृत्व लचक नभएको बताएका छन् ।

आइतबार बालकोटमा भएको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले रावललाई सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्जको भूमिकामा लेखराज भट्ट रहने भन्दै त्यसका लागि सहजिकरण गरिदिन भनेपछि उनले १० बुँदे सहमति कार्यान्वयनमा समस्या आएको बताएका हुन् ।

उनले नेतृत्व यस्तैगरी पेल्ने नीतिमा रहे पार्टीमा रहन नसक्ने स्थितिसम्म आउने बताए । आइतबार प्रतिनिधिसभा बैठकपछि सिंहदरबारमा आफू निकटका नेतासँग भएको छलफलमा रावलले यस्तो बताएका हुन् ।

‘अध्यक्ष ज्यूले सुदूरपश्चिममा इन्चार्ज लेखराज भट्ट रहने र मलाई त्यसमा सहजीकरण गरिदिनू भन्नु भएको छ, यो १० बुँदे सहमति विपरित छ । हामीले १० बुँदे सहमति कार्यान्वयन गर्न नेतृत्वलाई दबाब दिनैपर्छ । अन्यथा नेतृत्वले पेल्दै गए हामी पनि पार्टीमा रहन नसक्ने अवस्था आउँछ ।’ रावलले भनाई उदृत गर्दै एक नेताले भने । रावलले छलफलमा बालकोटमा भएको भलाकुसारीबारे पनि बताएका थिए ।

छलफलमा प्रतिनिधिसभा सदस्य झपट रावल, एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी र सांसद राजबहादुर बुढा थिए । जोशी एमालेमा विवाद हुँदा रावलले गठन गरेको समानान्तर कमिटीको सुदूरपश्चिम अध्यक्ष थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.