पौडेल समूहले भन्याे- डडेलधुराको वडा अधिवेशन अस्वीकार्य

पौडेल समूहले भन्याे- डडेलधुराको वडा अधिवेशन अस्वीकार्य

२८ भदौ, काठमाडौं ।

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले डडेलधुरामा पुनः वडा अधिवेशन गर्न माग गरेको छ ।

पौडेल समूहका केन्द्रीय सदस्यहरुको सोमबार बसेको बैठकले डडेलधुरामा एकपक्षीय रुपमा भएको वडा अधिवेशन स्वीकार्य नहुने बताएको हाे ।  साथै त्यहाँ देखिएको अनियमितता र स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा नदोहोर्‍याउनसमेत खबरदारी गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘जुन किसिमको भयो भनिएको छ, त्यसलाई स्वीकार गर्न तयार छैन । महाधिवेशन निष्पक्ष हुन्छ भनेर सभापतिले डडेलधुराबाटै विश्वास दिलाउनुपर्छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.