सुनसरीबाट लागूऔषधसहित ३ जना पक्राउ

सुनसरीबाट लागूऔषधसहित ३ जना पक्राउ

२८ भदाै, सुनसरी ।

सुनसरीको कोशी गाउँपालिका- ८ कोशीकटानबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । हिजो दिनको ३ बजे सप्तरी हनुमाननगर कंकालनी – ७ का २१ बर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी- १२ का २२ बर्षीय अवधेष कुमर मण्डल र २५ बर्षीय रोशन मण्डल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध डाईलेक्स डी.सी. ६० बोतल, स्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतीय नगद २० हजार रूपिँया सहित पक्राउ गरिएको हाे ।

पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.