पटेलको शतकमा अमेरिकाले नेपाललाई दियाे २३१ रनको लक्ष्य

पटेलको शतकमा अमेरिकाले नेपाललाई दियाे २३१ रनको लक्ष्य

२८ भदौ, काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले  नेपाललाई २३१ रनको लक्ष्य दिएकाे छ । ओमानको मस्कटस्थित अल अमरेत मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २३० रन बनायो ।

अमेरिकाको लागि विकेटकिपर ब्याट्सम्यान मोनाक पटेलले शतक प्रहार गरे । उनले ११४ बल खेल्दै ९ चौका र १ छक्का मद्दतमा १०० रन बनाए । यस्तै निसर्ग पटेलले २१ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने, सुशन भारी र विक्रम सोबले २-२ विकेट लिए । यस्तै कुशल मल्लले १ विकेट लिए । अमेरिकाका दुई खेलाडी रनआउट भएका थिए ।

नेपालले कहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.