चोरी भएर अमेरिका पुगेको उमामहेश्वरको मूर्ति नेपाल फर्काइयो

चोरी भएर अमेरिका पुगेको उमामहेश्वरको मूर्ति नेपाल फर्काइयो

२९ भदौ, काठमाडौं ।

नेपालबाट चोरी भएर अमेरिका पुगेको उमामहेश्वरको मूर्ति फिर्ता आएको छ ।

कोलोराडो राज्यको डेनवरमा भएको कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई उमामहेश्वरको मूर्ति हस्तान्तरण गरेको हो।

ललितपुरको पाटनको ऐतिहासिक उमामहेश्वरको मूर्ति डेनवर आर्ट म्युजियममा १९७१ देखि प्रदर्शनमा राखिएको हो ।

राजदूत डा. खतिवडाले सङ्ग्रहालयका अधिकारीहरूलाई नेपालबाट चोरी भएर अमेरिका पुगेको मूर्ति फिर्ता गरेकोमा धन्यवाद व्यक्त गरे ।

मूर्ति हस्तान्तरण कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीहरूसहित नेपाली दूतावासका द्वितीय सचिव उत्तम घिमिरे, तृतीय सचिव राधरमण दुवेलगायतको उपस्थिति थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.