नेकपा एस रोज्न चाहेका एमालेका दुई सांसदको रिट खतिवडा र सुवेदीको इजलासमा

नेकपा एस रोज्न चाहेका एमालेका दुई सांसदको रिट खतिवडा र सुवेदीको इजलासमा

२९ भदौ, काठमाडौं ।

नेकपा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीतिर लागेका दुई सांसदको बारेमा सर्वोच्चले आज निर्णय दिने भएको छ।

प्रतिनिधि सभा सांसद सोमप्रसाद पाण्डे र राष्ट्रिय सभाकी सदस्य शारदादेवी भट्टले निर्वाचन आयोगले आफूले रोजेको नेकपा एसको पक्षमा सनाखत नगरेको भनी रिट दायर गरेका थिए। उनीहरुको मुद्दा न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुने भएको छ।

आयोगमा उनीहरु दल दर्ताका लागि निवेदन दिएको भोलिपल्ट मात्र पुगेका थिए। आयोगले नयाँ दलको मान्यता दिनका लागि सनाखत लिँदा उनीहरुको नाम सुरुमा निवेदन दिने व्यक्तिहरुको सूचीमा नभएको भन्दै सनाखत गराएको थिएन।

उनीहरुको नाम नयाँ पार्टीमा समावेश नभएमा सांसद पद गुम्ने भएकाले उनीहरुले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन्।

यसअघि उनहिरुको भदौ २७ गते न्यायाधीश मीरा खड्काले उक्त मुद्दामा सुनुवाइ गर्दै उनीहरुको हकमा तत्काल कुनै कारबाही अगाडि नबढाउन अल्पकालीन आदेश जारी गरेको थियो।

साथै न्यायाधीश खड्काकोे इजलासले सो विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेशसमेत गरेको गियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.