पार्टी बिभाजन पछि ओली पहिलो पटक झापा आउँदै

पार्टी बिभाजन पछि ओली पहिलो पटक झापा आउँदै

२९ भदौ, झापा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (मंगलबार) झापा आउँदैछन् ।

पार्टी बिभाजन र सरकारबाट बहिर्गमन भएपछि ओली पहिलो पटक गृहजिल्ला झापा आउन लागेका हुन् ।

भद्रपुर विमानस्थलमा ११ बजे आइपुग्ने उनी विर्तामोडमा कार्यकर्तालाई सम्वोधन गरि अपराह्न फर्कने कार्यतालिका रहेको एमाले जिल्ला कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिए । विर्तामोडको सिटी सेन्टरमा एमालेले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.