दैलेखमा एक शिक्षकको विभत्स हत्या, शंकास्पद दुई जना पक्राउ

दैलेखमा एक शिक्षकको विभत्स हत्या, शंकास्पद दुई जना पक्राउ

२९ भदाै, दैलेख।

दैलेखमा  एक शिक्षकको विभत्स हत्या भएको छ। गुराँस गाउँपालिकाको मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको सोमबार राति हत्या भएको हो।

उनकाे घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले जानकारी दिए। ‘स्कूलकै प्रांगणमा विभत्स तरिकाले शिक्षकको हत्या भएको खबर आएको छ,’ उनले भने, ‘हत्या कसले र किन गर्‍यो भन्ने यकिन भएको छैन।’

सोमबार बिहान दूध पुर्‍याउन बजार जाँदै गरेका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। हत्याको आशंकामा प्रहरीले दुई जना व्यक्तिहरुलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुको विवरण खुलाइएको छैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.