२९ भदौ, काठमाडौं ।
काठमाडौंमा पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा कुटपिट भएको छ । कुटपिटमा संलग्न धामीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख अशोक सिंहका अनुसार पक्राउ परेकामा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् ।
उनले भने, ‘स्वयम्भूको ठूलो भर्याङमा ९ दिनअघि भएको घटनाबारे जाहेरी परेपछि पक्राउ गरिएको हो । बोक्सी आरोपसम्बन्धी कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’
ट्याक्सी चालक रहेका पीडितको श्रीमान्ले उपचारका लागि भन्दै थिङ कहाँ लगेका थिए । थिङले महिलालाई बोक्सी चढेको बताएपछि श्रीमानसहित महर्जन र पाण्डेले पनि कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख छ ।