लागु औषध सहित एक पक्राउ

लागु औषध सहित एक पक्राउ

विराटनगर, असार ३१
विराटनगरबाट आइतबार प्रहरीले लागु औषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर– १५ स्थित महेन्द्र चौकबाट लागु औषध सहित सुनसरी धरानका १८ वर्षिय खेम राना मगरलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका मगरको साथबाट डाइजेल्याप १७ एम्पुल , लुपिजेसिक १७ एम्पुल, एभिल १८ एम्पुल बरामद गरेको छ । पक्राउ गरिएका राना उपर लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपि निशान थापाले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.