३० भदौ, विराटनगर ।
नेकपा एमालेको विभाजनसँगै अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको गरेका छन् । बुधबार दुई जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरका हुन् ।
मुख्यमन्त्री आचार्यले आर्थिक मामिला तथा योजनामन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापालाई नियुक्त गरेका हुन् ।
यस्तै आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलावल्लभ अधिकारी, भूमि व्यवस्था, कृषि राज्यमन्त्री ज्ञानेश्वर राजववंशी र उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेतलाई नियुक्त दिइएको छ ।
विश्वासको मत पाउने संभावना नभएपनि बढिमा २४ दिनका लागि मन्त्री नियुक्तिमा मुख्यमन्त्री जुटेका हुन् ।मन्त्रिपरिषदको आज बसेको बेठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । सो बैठकको सुरुवातमै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । प्रदेशसभामा हाल एमालेका सभामुखसहित ४१ सदस्यमात्र कायम रहेको र अन्य कुनै विपक्षी दलहरुले समर्थन गर्ने सम्भावना नदेखिएकोले उनले विश्वासको मत पाउने सम्भावना छैन ।
