दैलेखका शिक्षक हत्या अभियोगमा एक महिला पक्राउ

दैलेखका शिक्षक हत्या अभियोगमा एक महिला पक्राउ

३० भदाै, दैलेख।

दैलेखको मालिका माध्यामिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्रकुमार बिसीको हत्या  आरोपमा एक महिला पक्राउ परेकी छन्। हत्या अभियोगमा विद्यालय नजिकैकी २५ वर्षीया मुना रानालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

मंगलबार बिहान ७ बजेतिर उक्त विद्यालयको विज्ञान प्रयोगशाला अगाडिको बरण्डामा शिक्षक बिसीको शव फेला परेको थियो। गुराँस गाउँपालिका–८ छोटेपोखराका बिसीको संकास्पद अवस्थामा शव भेटिएपछि प्रहरी निरीक्षक इन्द्रजित सुनारको कमाण्डमा सोको अफिसरसहित प्रहरी टोली घटनास्थल पुगेको थियो।

पछि प्रहरी चौकी लामीडाँडाबाट समेत प्रहरी टोली खटिएर अनुसन्धान सुरु गरिएको थियो। सो क्रममा शिक्षक बिसीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो।

विभिन्न प्राविधिक र भौतिक प्रमाणको आधारमा शिक्षक बिसीको हत्यामा सोही विद्यालयबाट ३० मिटर पश्चिमतिर बस्ने डम्मर खड्काकी श्रीमती २५ वर्षीया रानाको संलग्नता रहेको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रहरीका अनुसार रानाले व्यक्तिगत रिसिइबीका कारण २८ गते राति साढे १ बजेतिर धारिलो हतियारले घाँटी रेटी शिक्षकको हत्या गरेको स्वीकार गरेकी  छन्। पक्राउ परेकी रानालाई कर्तव्य ज्यानको कसूरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.