चुनावकाे तयारीमा लाग्न नेता कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

चुनावकाे तयारीमा लाग्न नेता कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

३० भदाै, रुपन्देही ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनको तयारीमा लाग्न सबै नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा एमाले रुपन्देहीले आज बुटवलमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनपछि एमाले नेतृत्वमा आउने सरकार रोक्न कसैले नसक्ने बताए

उनले एमालेमा जति आन्तरिक जनवाद अरू कसैमा नभएको बताउँदै आन्तरिक जनवादको माध्यमबाट पार्टीलाई अझै मजबुत बनाइने बताए।एमालेलाई छेक्छु भनेर एमालेलाई रोक्छु भनेर एमालेलाई तोड्छु भन्छ भने त्यो शक्ति आफै बिलाएर जाने उनको दाबी थियो ।

उनले आफूले नेतृत्व तत्कालीन सरकारले विकासका लागि सयौँ सडक, अस्पतालजस्ता पूर्वाधार निर्माणका कार्यहरू अघि बढाएको बताए।उनले मुलुकको समृद्धिका लागि एमालेको यात्रामा हालको गठबन्धनले रोकेको बताउँदै यसको जवाफ आम नेपालीले आउने निर्वाचनबाट दिनुपर्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.