प्रदेश १ का मुख्यमन्त्री आचार्यले असोज २२ गते विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री आचार्यले असोज २२ गते विश्वासको मत लिने

३१ भदाै, विराटनगर।

नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असाेज २२ गते विश्वासकाे मत लिने भएका छन् ।

बुधबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेका मुख्यमन्त्री आर्चायले असाेज २२ गते विश्वासकाे मत लिने भएका हुन् । मत लिने याेजनामा रहेका मुख्यमन्त्री आचार्यले असोज २२ गते प्रदेशसभाको बैठक समेत आह्वान गरेका छन् ।

आर्चायले बुधबार तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री, हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, उत्तमकुमार बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त गरेका छन् । यो सँगै मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.