बुधबार राति शीतलनिवास किन पुगे ओली ?

बुधबार राति शीतलनिवास किन पुगे ओली ?

३१ भदौ, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच बुधबार राति शितल निवासमा भेटवार्ता भएको हो ।

बुधबार ओली वृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्न बुटवल पुगेका थिए । साँझ काठमाडौँ ओर्लेर उनी सिधै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए।

सुरक्षा स्रोतका अनुसार राति आठ बजेदेखि १० बजेसम्म उनीबीच भेटवार्ता भएको थियो । भेटबारे शीतलनिवास र बालकोट स्रोतले केही पनि सार्वजनिक गरेको छैन ।

भेटमा एमालेको आन्तरिक विवाद र संसद्को अवरोध लगायतका विषयमा छलफल भएको स्रोतको दावी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.