रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

३१ भदौ , काठमाडौं ।

रामेछापमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जिप रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसारमा दुर्घटनामा परेको हो। दुर्घटनामा एक बालक घाइते भएका छन् ।

दुर्घटनामा ओखलढुंगा घर भएका अन्दाजी ३५ वर्षीय लाक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका अर्का एक जनाको परियच खुलेको छैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.