१ असाेज, काठमाडौं।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ।
यसअघि गत सोमबार सम्पन्न अमेरिकाविरुद्धको पहिलो खेलमा नेपालले जित हात पारेको थियो। पहिलो भेटमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल उच्च मनोबलमा रहेको छ।
सिरिजमा दुई खेल हारिसकेको अमेरिकाविरुद्ध नेपाल लगातार जित हात पार्ने लक्ष्यमा छ । सन् २०२० मा नेपालमै भएको लिग २ मै नेपालले अमेरिकालाई २ खेलमा पराजित गरेको थियो । त्यसैले नेपाल लगातार चौथो जित निकाल्ने योजनामा हुनेछ । अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा हुनेछ ।
घरेलु टिम ओमानविरुद्ध भने नेपाल ५ विकेटल पराजित भएको थियो। यस्तै बिहीबार सम्पन्न खेलमा अमेरिका ओमानसँग ४ विकेटको पराजित भयो।
यस्तै फास्ट बलिङ पनि राम्रो हुन सकेको थिएन । त्यसैले अमेरिकाविरुद्ध नेपाली टिममा यी दुई क्षेत्रमा परिवर्तन हुन सक्छ । मिडल अर्डरमा नेपालको ब्याटिङ जम्न सकेको छैन । शरद भेषावकर र गुल्शन झाले आज अवसर पाउने सम्भावना छ ।
लिग–२ अन्तर्गत ६ खेलमा ६ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ। अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहँदा ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
लिग–२ विश्वकप छनोटको एक रुप हो। सात टोली रहेको लिग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन्।लिग–२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन्।