नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको मासिक भाडा ३ लाख २५ हजार

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको मासिक भाडा ३ लाख २५ हजार

१ असोज, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको नयाँ पार्टी कार्यालय उद्‍घाटन गरिएको छ। शुक्रबार बिहान अध्यक्ष माधवकुमार नेपालले नयाँ बानेश्वरस्थित आलोकनगरमा रहेको केन्द्रीय कार्यालय उद्‍घाटन गरेका हुन् ।

एकीकृत समाजवादीले सो घर पाँच वर्षका घर भाडामा लिएको नेता राजेन्द्र पाण्डेले बताए । चार तले घरमा १२ वटा कोठा छन् । उक्त घरको मासिक भाडा तीन लाख २५ हजार रुपैयाँ रहेको पाण्डेले जानकारी दिए । पार्टी कार्यालय रहेको घर पूजा थापा बस्नेतको हो ।

नेकपा एमालेका तत्कालीन वरिष्ठ नेता नेपालले पार्टी विभाजन गरेका थिए। उनी नेतृत्वको पार्टी भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.