एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा मेटमणि चौधरी

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा मेटमणि चौधरी

१ असोज, लुम्बिनी ।

नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । चौधरीको नेतृत्वमा शुक्रबार लुम्बिनी प्रदेश कमिटी निर्माण भएको हो ।

प्रदेश कमिटीको प्रथम बैठकले केन्द्रीय सचिवालयको निर्देशन अनुसार चौधरीलाई अध्यक्षका रुपमा सिफारिस गरेको हो । चौधरी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद पनि रहेका छन् । उनी एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक थिए ।

कमिटीको सचिवमा राजु गुरुङलाई अघि सारिएको छ । प्रदेशका सबै जिल्ला अध्यक्षहरुलाई सदस्य राखेर कमिटी बनाइएको सचिव गुरुङले बताएका छन् । यो कमिटीलाई आगामी असोज ५ गते बस्ने केन्द्रीय कमिटी बैठक र प्रदेश भेलापछि पूर्णता दिने तयारी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.