कांग्रेस शीर्ष नेताबिच विवाद शीघ्र टुङ्ग्याउने सहमति

कांग्रेस शीर्ष नेताबिच विवाद शीघ्र टुङ्ग्याउने सहमति

२ असाेज, काठमाडौँ ।

नेपाली काँग्रेसका शीर्ष नेताबिच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी १४औँ महाधिवेशनअन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति जुटेको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग समसामयिक राजनीति लगायत पार्टीको महाधिवेशनका विविध विषयमा छलफल गरेका थिए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री द्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, नेताहरू कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल, रमेश लेखक लगायत नेता सहभागी बैठकमा क्रियाशील सदस्यता विवाद समाधान गरी यही असोज ५ गते निर्धारित वडा अधिवेशन समयमै सम्पन्न गर्ने सहमति जुटेको पार्टी कार्यालयले जनाएको छ ।

काँग्रेसले यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यताको काम सपन्न गरी सोको विवरण सार्वजनिक गरिसकेको छ भने ५७ जिल्लामा वडा अधिवेशन समेत सम्पन्न गरिसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.