चुनावसम्म ओलीको कम्पनीमा पहिरो जान्छ : रामकुमारी झाँक्री

चुनावसम्म ओलीको कम्पनीमा पहिरो जान्छ : रामकुमारी झाँक्री

२ असाेज, काठमाडौं।

नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आगामी निर्वाचनसम्म नेकपा एमालेमा ठूलो पहिरो जाने बताएकी छन् । शनिबार एकीकृत समाजवादी सिन्धुलीको जिल्ला कमिटी शपथग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले एमालेलाई खड्गप्रसाद ओलीको कम्पनीको संज्ञासमेत दिएकी छन्।

उनले भनिन्, ‘खड्गप्रसाद ओलीको कम्पनी भत्किने क्रम सुरु भइसकेको छ। स्थानीय र केन्द्रसम्मको चुनावसम्म पार्टीमा पहिरो जान्छ, हामीलाई जनप्रतिनिधि नभएकाले दुई महिना पर्खिन भनेका छन् जनप्रतिनिधि भएकाले १५ महिना भनेका छन्। त्यसपछि अन्तिम बाटो त समाजवादी पार्टी नै हो।’

उनले नयाँ पार्टी दर्ता गर्दा साथ नदिएका नेताहरुलाई भगौडाको संज्ञा दिँदै उनीहरुको हविगत एमालेले गर्ने भनिएको १०औं महाधिवेशनमा देखिने बताइन्। विद्रोह प्रारम्भमा सानैबाट सुरु हुने भन्दै उनले यसले विस्तारै ठूलो आकार ग्रहण गर्दै जाने बताइन्।

विचार समूहका हिसाबले आफूहरुसँग रहेकाहरुले नै अन्तिममा डस्ने काम गरेको उनको आरोप छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.