नेपाल–भारत सीमावर्ती अधिकारीको बैठक : मिलेर जाने सहमति

नेपाल–भारत सीमावर्ती अधिकारीको बैठक : मिलेर जाने सहमति

नेपालगन्ज, असार ३२

भारत नानपारामा साेमबार बसेको नेपाल–भारत सीमावर्ती अधिकारीको संयुक्त बैठकमा परस्पर हितका विषयमा मिलेर जाने सहमति भएको छ । बैठकमा दुवै मुलुकको तर्फबाट साझा सवाल उठान भएको र त्यसका प्रभावकारी पहल गर्ने सहमति भएको बताइएको छ ।

बैठकमा सीमावर्ती क्षेत्रमा हुने लागुऔषधको प्रयोग, मानवबेचबिखन, अवैध हातहतियारको ओसारपसार, अपराधिक गतिविधि नियन्त्रण, सीमा स्तम्भ, मानसरोवर तीर्थ यात्रुलाई सहजता, वन्यजन्तु चोरी शिकारी नियन्त्रणलगायत सुरक्षा चासोका विषयमा छलफल भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।

“हामीले विशेषरुपमा बाढीको समयमा लक्ष्मणपुर ब्यारेजको ढोका पर्याप्त मात्रामा खुल्ला गर्न आग्रह गरेको थियो, भारतीय पक्ष पनि त्यसमा सकारात्मक भएको हामीले पायौँ”–प्रजिअ केसीले भने ।

नेपालको तर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी र भारतको तर्फबाट देवी पाटन मण्डलका कमिश्नर एस के ओझाले बैठकको नेतृत्व गरेका थिए।

बैठकमा नेपालको बाँके, बर्दिया, दाङ तथा भारतको बहराइच र श्रावस्ती जिल्लाका सीमावर्ती अधिकारीहरुको सहभागिता थियो ।
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.