NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

बजेटको प्रभावकारी कार्यान्वयन गराउन प्रधानमन्त्रीको सक्रियता

मङ्लबार साउन १ , २०७५
Reading Time: 1 min read
A A
Nepal Top
मुुलुक समृद्धि र विकासको नयाँ युगमा प्रवेश ः प्रम ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

काठमाडौँ, साउन १

“यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास गर्न खोजेको हो कि भन्नुहोला ! आजलाई तपाईहरु घर जानुस्”– प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह सुनेपछि सहभागी मन्त्री र सचिवको हाँसोले हल गुञ्जायमान भयो । त्यसबेला रातको ९ः३० भइसकेको थियो ।

आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनसम्बन्धी कार्ययोजनामा गत बुधबार मन्त्रालयको पाँच घण्टा लामो प्रस्तुति धैर्यपूर्वक सुनेपछि प्रधानमन्त्री ओलीले दुई घण्टा लामो निर्देशनका क्रममा प्रधानमन्त्री ओलीले भने, “हामीले समृद्ध नेपालका लागि उत्पादनमा जोड दिनुपर्छ । धानको उत्पादन दोब्बर गर्ने योजना सफल बनाउनुपर्छ । पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउनुपर्छ ।”

नयाँ आवको पहिलो दिनदेखि बजेट र कार्यक्रम कार्यान्वयनका लागि प्रधानमन्त्री ओलीको यो सक्रियताले राज्य संरचनामा सकारात्मक प्रभाव पर्ने देखिएको छ । पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बजेट कार्यान्वयनसम्बन्धी छलफलमा प्रधानमन्त्री पुग्दा दिउँसोको २ बजेको थियो । कुन मन्त्रालयको बजेट कार्यान्वयनसम्बन्धी योजना कस्तो छ ? अनुगमनका लागि के गर्नुपर्छ ? भन्ने विषयमा प्रधानमन्त्रीले लिखित प्रस्तुतिकरण गर्न गत जेठ २५ को मन्त्री र सचिवको बैठकमा निर्देशन दिइसकेका थिए।

बिहानदेखिको व्यस्त कार्यतालीकाका बीच दिउँसो सिंहदरबारमा पुग्दा पनि उनको मुहारमा कुनै थकान देखिएन । उनले निकै उत्सुकताका साथ एकाग्र चिन्तनले मन्त्रीको प्रस्तुति सुनिरहेका थिए। मन्त्रालयको प्रस्तुति गम्भीर मुद्रामा सुनेपछि प्रधानमन्त्रीले ७ः३० देखि ९ः३० सम्म दुईघण्टा बजेट कार्यान्वयनमा निर्देशन दिए ।

प्रधानमन्त्रीले बजेट कार्यान्वयन सम्बन्धमा राष्ट्रको समग्र निर्माणमा जोड दिँदै कसरी छिटो र राम्रो काम गर्न सकिन्छ प्रत्येक मन्त्रालयले सोचेर काम गर्न उनको आग्रह थियो । गृहमन्त्रालयको कार्यक्रममा भएको लागूऔषध कारोबार नियन्त्रणसम्बन्धी प्रसंगमा उनले भने, “लागूऔषधको कारोबार नै ठप्प गरौँ, लागूऔषधि कारोबार गर्ने मृत्युका व्यापारी हुन्, अरुको जीवन बर्बाद गरेर धन कमाउने हुन्, त्यस्ताप्रति कुनै दया नगरौँ ।” गृहमन्त्रालयको बजेटमा लागूऔषध नियन्त्रणसम्बन्धी सातै प्रदेशको कार्यक्रममा उनले सो निर्देशन दिए ।

गृह मन्त्रालयअन्तर्गतकै अर्को प्रसंगमा उनले भने, “कारागार बढाउने होइन, अपराध घटाउनुपर्छ, कैदीबन्दी आफैँ घट्छन् ।” प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै पानीजहाज ल्याउने काम चाँडो गर्न, राष्ट्रिय परिचयपत्र कार्ड बनाउँदा व्यक्तिको सबै सूचना आउने गरी बनाउनुपर्नेमा जोड दिएका थिए ।

नेपालको विकासका लागि हेटौँडा र उदयपुर सिमेन्टको कारखानाको स्तरोन्नति गरी क्षमता बढाउने, नेपाल औषधी लिमिटेडले नेपालमै औषधिको उत्पादन गर्ने र लगानीमैत्री वातावरणको सिर्जना गर्नमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन थियो ।
उनले राजमार्गको निरीक्षण तथा विकास निर्माणका ठेकेदारले सही रुपमा सही समयमा गरे÷नगरेको निरीक्षण गर्नसमेत सुझाव दिएका थिए।

भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, कृषि, भूमि व्यवस्था तथा सहकारी, खानेपानी तथा सरसफाइ र उद्योग, वाणिज्य तथा आपूर्ति गरी १४ वटा मन्त्रालयको बजेट कार्यान्वयनसम्बन्धी प्रस्तुतिकरण पहिलो दिन थियो ।

गत शनिबार बाँकी मन्त्रालयको नीति तथा कार्यक्रम र बजेटसम्बन्धी कार्यान्वयन कार्ययोजनामा प्रधानमन्त्रीले निकै ध्यानपूर्वक ११ वटा मन्त्रालयको कार्ययोजना पाँच घण्टासम्म सुने । शनिबार दिउँसो २ बजेदेखि बेलुकी ८ बजेसम्म प्रस्तुति तथा निर्देशन चलेको थियो । त्यसमा प्रधानमन्त्री ओलीले एकघण्टा निर्देशन दिएका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, सूचना तथा सञ्चार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन, युवा तथा खेलकुद, रक्षा, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को प्रस्तुति सुनिसकेपछि प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि तीव्ररुपमा बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल पूरा गर्नभन्दा पनि देश निर्माणको जिम्मेवारी काँधमा लिएर विकास निर्माण, सुशासन र समृद्धिका लागि काम गर्न कर्मचारीलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले भने, “भूकम्पका कारण प्लाष्टिकमुनि बसेका जनतालाई छानामुनि लैजाने कार्यक्रमलाई प्राथमिकता दिनुस्, बस्ने बासको व्यवस्थासँगै ऐतिहासिक सम्पदा तथा धार्मिक सम्पदा पुनःनिर्माणमा ध्यान दिनुस्, सरकार सरदर गतिमा होइन, तीव्रगतिमा अगाडि बढ्छ ।”

सबै निकायलाई साउन १ गतेदेखि नै यो आवको नीति तथा कार्यक्रम र बजेटको कार्ययोजनाअनुसार काममा जुट्न निर्देशन दिँदै उनले भने, “विद्यालय भर्ना अभियान, एक नेपाली एक फलफूलको बिरुवा रोप्ने अभियानलाई एक दिनको कार्यक्रममा मात्र सीमित नराखी अभियानका रुपमा अगाडि बढाउनुस् ।” बजार मूल्य आकासिएको, बजारमा कृत्रिम अभाव भएको, उपभोग्य वस्तुमा शुद्धता नभएको भन्ने आम नागरिकको गुनासोप्रति सजग रहेर बजार अनुगमनलाई यथाशीघ्र प्रभावकारी बनाउन र दोषीलाई कारबाही गर्नसमेत प्रधानमन्त्रीले निर्देशन दिए ।

प्रशासनिक संयन्त्रलाई चुस्त, दुरुस्त र गतिशील बनाउँदै सेवा प्रवाह र विकास निर्माणप्रति प्रतिबद्ध भएर काम गरी जनतालाई आशा जगाउन कार्यक्रम कार्यान्वयनमा ध्यान दिन उनको विशेष जोड थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न सबै लाग्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले भने, “विगतमा जस्तो योजना हुने तर कार्यान्वयन नहुने समस्यालाई निराकरण गरी सरकारको योजना कार्यान्वयन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सघाउनुस् ।”
रासस

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

World News: Russia-Ukraine यु*द्धविराममा असहमत, Iranलाई UN को चेतावनी || Nepal Times

00:13:56

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

हालका पोस्टहरू

प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.