करिश्माको जिकिर- केपी ओलीज्यूले नै फोन गर्नुभएको हो, मैले गरेको होइन

करिश्माको जिकिर- केपी ओलीज्यूले नै फोन गर्नुभएको हो, मैले गरेको होइन

२ असाेज, काठमाडौं ।

‘आउटगोइङ कल गइरहेको छ, कसरी ओलीले फोन गरे’ भन्ने आलाेचना भएपछि अभिनेत्री करिश्मा मानन्धरले आफूलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै फोन गरेको बताएकी छन् ।

शुक्रबार उनले एक मिडियासँग उनले अध्यक्ष ओलीले गरेको फोनको स्क्रिन सट आउटगोइङ कल देखिएकाले सामाजिक सञ्जालबाट हटाएको तर, फोन भने ओलीले नै गरेको जिकिर गरिन् ।

उनले भनेकी छन्, ‘मैले फेसबुकमा हालेको पोष्ट गलत छैन । केपी शर्मा ओलीज्यूले मलाई फोन गर्नुभएकै हो । तर, त्यहाँ आउटगोइङ कल कसरी देखियो मलाई थाहा छैन । म आफैँ अचम्मित छु ।’

आफू राति सुत्न जान लाग्दा अध्यक्ष ओलीको फोनको घण्टीले आएको उनले बताएकी छन् । त्यसपछि फोन उठाएको तर स्क्रिनसट गरेर सार्वजनिक गरेपछि आउटगोइङ कल देखिएकाले सामाजिक सञ्जालबाट स्कृनसट हटाएको तर स्टाटस भने उनले बताएकी छन् ।

अभिनेत्री मानन्धरले बिहीबार राति १०ः ३४ बजे फेसबुकमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले फोन गरेर आफ्नो हालखबर सोधेकोप्रति खुसी व्यक्त गरेकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.