सरकारले आफ्ना मान्छेलाई पैसा दिन नमिलेर पदक दिएको हो : सांसद सुवाल

सरकारले आफ्ना मान्छेलाई पैसा दिन नमिलेर पदक दिएको हो : सांसद सुवाल

४ असोज, काठमाडौं ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले पैसा दिन नमिलेर आफ्ना कार्यकर्तालाई पदक बाँडेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सुवालले संसद् र सरकार जिम्मेवार नभएको आरोप लगाएका छन्।

‘सरकारले आफ्ना मानिसलाई पैसा दिन नमिलेर पदक दिएको हो ’ उनले भने ‘कृष्णप्रसाद भट्टराईलाई मेलम्ची पदक दिनुपर्ने थियो।’

मल नल्याउने, सडक नबनाउने र कालो सूचीमा रहेकोलाई सरकारले पदक दिएको उनले दाबी गरे। ‘सरकारले सक्ने हो भने आफ्नो सम्पत्ति दिनुपर्छ’, उनले भने ‘यसले सरकार जनताप्रति जिम्मेवार नभएको देखिएको छ।’

राज्यमा व्यवस्था फेरिएपनि प्रवृत्ति र पात्र नफेरिएको सुवालको भनाइ छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.